Wednesday 29th April 2026

भारतको गुजरात बम काण्डका ३८ जना दोशीहरूलाइ मृत्युदण्डको सजाय


भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि ५६ जनाको मृत्यु हुने गरि गराइएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरात स्थित विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । २०० जना भन्दा बढी मानिस घाइते हुने गरि सन २००८ मा भएको सो घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो ।

उक्त घटनामा दोषी दाबी गरिजेल चलान गरिएका ४९ जनामध्ये ३८ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ भने बाँकी ११ जनालाइ आजीवन कारावासको सजाय तोकिएको छ तर दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै रहेको बताइएको छ ।

अहमदाबाद बमकाण्डमा जम्मा ७८ जनाविरुद्ध मुद्दा चलाइएको थियो । २८ जनालाई भने अदालतले सफाइ दिइसकेको छ । उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायत क्षेत्रमा २१ बम विस्फोट गराएका थिए । सो समयमा श्रृङ्खलावद्ध बम विस्फोट लगत्तै प्रहरीले गरेको सर्च अपरेसनमा गलत सर्किट जोडिएका कारण विस्फोट नभएका अरू २९ वटा बम प्रहरीले वरामद गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...