Sunday 16th November 2025

भारतको गुजरात बम काण्डका ३८ जना दोशीहरूलाइ मृत्युदण्डको सजाय


भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि ५६ जनाको मृत्यु हुने गरि गराइएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरात स्थित विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । २०० जना भन्दा बढी मानिस घाइते हुने गरि सन २००८ मा भएको सो घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो ।

उक्त घटनामा दोषी दाबी गरिजेल चलान गरिएका ४९ जनामध्ये ३८ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ भने बाँकी ११ जनालाइ आजीवन कारावासको सजाय तोकिएको छ तर दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै रहेको बताइएको छ ।

अहमदाबाद बमकाण्डमा जम्मा ७८ जनाविरुद्ध मुद्दा चलाइएको थियो । २८ जनालाई भने अदालतले सफाइ दिइसकेको छ । उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायत क्षेत्रमा २१ बम विस्फोट गराएका थिए । सो समयमा श्रृङ्खलावद्ध बम विस्फोट लगत्तै प्रहरीले गरेको सर्च अपरेसनमा गलत सर्किट जोडिएका कारण विस्फोट नभएका अरू २९ वटा बम प्रहरीले वरामद गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...