Wednesday 11th March 2026

रेस्लिङका सुपरस्टार केन राजनीतिमा पनि, बने मेयर


तितोपाटी – वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार केन आफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

रेस्लिङको रिङमा धेरैलाई पराजित गरेका केनले राजनीतिक यात्राको पहिलो प्रयासमा सफलता हात पारे । उनले ५१ हजार आठ सय चार मत ल्याउँदा डेमोक्रेट उम्मेदवार लिन्डा हेनीले २६ हजार दुई सय २४ भोट प्राप्त गरे । केनले ल्याएको मत ६६ प्रतिशत हो । डब्लूडब्लूईले आफ्नो आधिकारिक ट्विटरमार्फत केनलाई सफलताको शुभकामना दिएको छ ।

अघिल्लो वर्ष केन रेस्लिङको रिङमा कमै मात्र देखिने गरेका थिए । उनले नक्स काउन्टीको मेयरका लागि निकै तयारी गरेका थिए । रेस्लिङ प्रतियोगितामा सहभागिता जनाउनुभन्दा उनी चुनावी रणनीति बनाउन व्यस्त रहे । उनले पछिल्ला केही वर्षमा मात्र राजनीतिमा हात हालेका होइनन् । उनी धेरै वर्षदेखि राजनीतिमा सक्रिय थिए । तर, उनले कहिल्यै पनि राजनीतिलाई रिङमा छिर्न दिएनन् । उनले आफ्नो राजनीतिक पाटोलाई सदैव लुकाएर राखे ।

मेयरमा निर्वाचित भएपछि केन अब केही समय टेलिभिजनमा नदेखिने भएका छन् । मुलुककै चौथो आम्दानी गर्ने सहरका रूपमा परिचित नक्स काउन्टीलाई अझ परिस्कृत बनाउने अभियानमा लाग्नुपर्ने भएकाले केही समय डब्लूडब्लूईको रिङमा नफर्किने केनले बताए । उनी मेयरमा निर्वाचित हुने डब्लूडब्लूईका दोस्रो रेस्लर हुन् ।

केनभन्दा अघि सन् १९९१ मा जेस बेचुरा ब्रुकलिन पार्कका मेयरमा निर्वाचित भएका थिए । सन् १९९५ सम्म मेयर रहेका उनी सन् १९९० देखि २००३ सम्म त्यहाँको गभर्नर पनि बनेका थिए । मेयरको कार्यकाल पूरा गरेपछि डब्लूडब्लूईको रिङमा फर्किएका उनी गभर्नर भएपछि भने रिङमा फर्किएनन् ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...