Sunday 28th December 2025

म्यानपावरको वर्गीकरण गरिँदै


तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहनुुभएको छ । मन्त्रालयका अनुसार कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ । वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुटाउन सजिलो हुनेछ । नेपालमा अहिले करिब ८५४ वटा म्यानपावर कम्पनी रहेका छन् ।

गोरखापत्रबाट

 


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...