Wednesday 12th November 2025

आदिवासी जनजाति महासंघको प्रवास समितिको संयोजकमा शेर्पा


तीतोपाटी, काठमाडाैं – नेपाल आदिवासी जनजाति महासंघले प्रवास (अन्तर्राष्ट्रिय) समितिको संयोजकको जिम्मेवारी पासाङ शेर्पालाई जिम्मेवारी दिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।

महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो ।

प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङ र सदस्यसचिवमा बेलायतकी विमला सेन लिम्बू चयन भएकी छिन्k ।

यसैगरी मिलन राई (बहराइन)लाइ सहसचिव र अरुण तामाङ (अष्ट्रेलिया) आर्थिक संयोजकमा चयन भएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...