Tuesday 29th September 2026

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का चयन


तीतोपाटी, काठमाडाैं – ‘आपसी सहयोग र सद्भाव सिन्धुपाल्चोकबासी मिलनको आधा’ नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोकबासी मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुम र फेन्थेकमा प्रत्यक्ष उपस्थित भएर सम्पन्न गरिएको हो ।

अधिवेशनबाट समाजको अध्यक्षमा उत्सव खड्का, वरिष्ठ उपाध्यक्षमा बेदनाथ आचार्य र सचिवमा विशाल श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।

निवर्तमान अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिंह थापाको प्रमुख आथित्यता रहेको थियो ।

यस्तै, अधिवेशनले सहसचिवमा प्रवन पराजुली र निमा शेर्पा, कोषाध्यक्षमा नवराज पाण्डे र सहकोषाध्यक्षमा सुरज श्रेष्ठलाई चयन गरिएको छ ।

सदस्यहरूमा जयराम कोइराला, गोपाल पौडेल, उद्दव नेपाल, वर्षा तामाङ, उर्मिला सिङ्, कार्साङ तामाङ र दोर्जे शेर्पा छन् ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।

समाजले कोरिया र नेपालमा हुने हरेक सामाजिक गतिविधिमा सक्रिय रूमा सहकार्य र समन्वय गर्दै आएको छ । यस्तै, कोरियामा आपतमा परेका नेपालीलाई पनि सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...