Tuesday 23rd December 2025

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ३२


निति नियम कुल्चिएर, यो देश नै चले पनि।
कठै भन्ने कोहि छैन, जिउँदो लास ढले पनि।

लोभ,स्वार्थ ,घमण्ड र, पापै पापले भरिएको,
राष्ट्रमा ती जनताका, सबै खुशी जले पनि।

जान्ने सुन्ने मै हुँ भनी, एकाधिकार जमाएर,
विधि बिधान लत्याउँदै, सोझालाई छले पनि।

सभ्य समाज निर्माणको, खातिरमा रोपिएको,
अमृतको बोटमा हजुर, विषै विष फले पनि ।

अन्याय र अत्याचार त्यो, सहनलाई नसकेर,
शिर देखि पाउ सम्म, फतक्क भै गले पनि।

प्रतिमा शिवाकोटी उप्रेती
भुम्लु गा.पा.८ भुम्लुटार(झिगटी टोल)
काभ्रेपलान्चोक,बागमती प्रदेश ।
(२०७८माघ १५ शनिवार )


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...