Wednesday 12th November 2025

कविता:जुनकिरी


साँझको बेला बसेको थिए काव्य जुनेली हेरी,
झिप-झिप बत्ती बाल्दै आई जुनकीरी रानी,
यताउता घुङ घुङ गरि धेरै धेरै फिर्फिराई,
घरी तल घरी माथी फिरफिर गरि उडिरही!-१

कता जान्छिन् दिनको बेला यी जुनकीरी रानी,
सधै आउछिन् मेरै घरमा रातको समय छानी,
कीडाहरूमा सर्वोत्कृष्ट राम्रो यिनको बानी,
आज बल्ल सामने पाँए तर बुझिन त खानी!-२

कहाँ हुन्छ यिनको घर के के खाएर बस्छिन्,
खुल्लै आकाशमा उडछिन् या दुला भित्र पस्छिन्,
मात्रै रातीमा किन आउछिन् सानो चिराक बालेर,
दिनमा कहीं बस्छिन् होला पुठ्ठाको ज्वाला फालेर!-३

जुनकीरीको लीला बुझ्न साह्रै गाह्राे हैछ,
सौन्दर्यको विशेषता नै महान हुदो रैछ,
अँध्यारोमा यताउता प्रकाश देखाई हिड्ने,
जस्तो आपत आई परे नि जताततै उड्ने!-४

शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...