Friday 16th October 2026

कोरोना बढेपछि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा फेरि जोरबिजोर प्रणाली लागु


कोरोना संक्रमण ह्वात्तै बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागूको निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले शुक्रबार रातिदेखि लागू हुने गरी अनिश्चितकालका लागि जोरबिजोर प्रणाली लागू गरेको हो ।

त्यस्तै, बस चलाउनुअघि नियमित रूपमा निसंक्रमित गर्नुपर्ने निर्णय पनि भएको छ । सार्वजनिक सवारीसाधनमा मास्क नलगाएका यात्रुलाई प्रवेश नदिने गरी त्यसको कडाइका साथ कार्यान्वयन गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढीलाई राख्न पाइने छैन । लामो दूरीका सवारीसाधनले बीचमा गाडी रोकेर यात्रु चढाउन पाउने छैनन् । लामो दूरीका सवारीमा यात्रा गर्नेको सम्भव भएसम्म एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । अत्यावश्यक सेवाका सवारी भने निर्बाध रूपमा सञ्चालन गर्न दिइनेछ ।

जारी अादेश जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...