Tuesday 5th August 2025

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु


तितोपाटी – पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्मामा शनिवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तानसेन १० गणशालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय चालक टंक चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक अमृत भण्डारीले बताए ।

शनिबार दिउँसो देउरालीबाट तानसेन तर्फ जादै गरेको जीप शनिबार साँझ ६ बजे दुर्घटना भएको थियो । दुर्घटना राती भएकोले उद्दारमा समस्या भएपछि आज बिहानैदेखी नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले स्थानीयको सहयोगमा शव निकालेका छन् ।

जीप सडक भन्दा झण्डै एक सय मिटर तल खसेको थियो । विद्युत सम्बन्धी कामका लागि तानसेनबाट गएको जिप कच्ची सडक र लगातारको बर्षातका कारण चिप्लो भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...