Tuesday 4th November 2025

दक्षिण कोरियामा प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप


तीतोपाटी – दक्षिण कोरिया गइ काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरिया सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका सबै प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो ।

दक्षिण कोरियामा श्रम गर्न जाने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी श्रमिक भित्र्याउन नसकेकाले यहा रहेका प्रवसी मजदुरलाई राहत मिलेको छ ।यसरी थपिने प्रवेशाज्ञा तीनवर्षे अवधि वा चार वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिन्छ ।

यसरी प्रवेशाज्ञा थपिने भएपछि तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महीनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइ अवधि पाँच वर्ष १० महिना हुनेछ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनःपहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रेवेशाज्ञा थप्न सक्नेछन् । यो निर्णयले दक्षिण कोरियामा अझै थप बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर मिलेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा भने कोरोनाका कारण प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

प्रतिकृयाहरू
...