Saturday 20th June 2026

साउदीमा कोरोना संक्रमण बढे सँगै स्वास्थ्य मापदण्ड पालनामा कडाइ


तीतोपाटी – साउदी अरेविया सरकारले कोरोना संक्रमितहरूको दैनिक संख्या बढ्न थाले लगत्तै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । साउदी सरकारले पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि इन्डोर/आउटडोर सबै ठाउँमा मास्कको प्रयोग र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो ।

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ भने कम्तिमा पनि १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।

साउदी अरबमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...