Tuesday 24th December 2024

ओमानमा भेटियो ओमिक्रोन, बुस्टर डोज लगाउन सबैलाई आग्रह


तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात सफा राख्ने जस्ता रोकथामका उपायहरूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

यसै गरी मन्त्रालयले नजिकको स्वास्थ्य संस्थामा गएर १८ वर्ष माथिको उमेर समुहका सबैलाई कोभिड-१९ खोपको बुस्टर डोज लगाउन अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, दाहाल, रबि लामिछाने दोहरो नागरिकता काण्डमा समातिदा मैले उनीमाथि सहानुभूती मात्र जाहेर गरे । उनका कमजोर कानूनी सल्लाहकारका…

जेरुसेलम, डिसेम्बर २३ (सिन्ह्वा) - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार हमाससँग बन्धकहरूका लागि युद्धविराम सम्झौता सुरक्षित गर्ने प्रयासमा "प्रगति" भएको…

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद…

प्रतिकृयाहरू
...