Friday 15th May 2026

कुवेतमा मदिरा कारखाना सञ्चालन गरिरहेका २ जना नेपाली ४८ ब्यारेल मदिरासहित पक्राउ


तीतोपाटी – कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा लागुऔषध नियन्त्रण महाशाखामा कार्यरत एक ५४ वर्षीय नागरिक पनि पक्राउ परेका छन् जो मदिरा कारखाना बनाउन प्रयोग गरिएको घरका मालिक हुन् ।

गृहमन्त्रालय मातहतका सरकारी अधिकारीहरूद्वारा छापा मार्दा उनीहरूका साथबाट चोरीका हुन सक्ने २६ भेडा, १ थान पेस्तोल, ४ थान क्लिप, १०० थान गोलीसहित ४८ ब्यारेल भरिएको स्वदेशी मदिरा, ८ थान आयातित मदिराका बोतल, कार्टुन, झोला तथा अधिक मात्रामा मदिरा बनाउन प्रयोग हुने सामग्री बरामद भएको छ । मदिरा उत्पादन गर्ने र लठ्याउन(नशा) लाग्ने बनाउन प्रयोग हुने शङ्कास्पद उपकरण पनि फेला परेको छ।

सबै अभियुक्तहरूलाइ अनुसन्धानको लागि हिरासमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...