Saturday 17th October 2026

कुवेतमा पनि भेटियो ‘ओमिक्रोन’, विमानस्थलको कार्यविधिमा परिवर्तन नहुने


तीतोपाटी डटकम – कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार अफ्रिकन मुलुकबाट आएका एक अफ्रिकन यात्रुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल-सनदका अनुसार संक्रमितले कोभिड बिरुद्दका खोपको पुरा मात्रा लगाएका थिए । उनी कुवेत आएपछी गरिएको पहिलो कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आए पनि दोस्रो परिक्षणमा पोजिटिभ भेटिएका हुन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले सम्पूर्ण नागरिक र आप्रवासीहरुलाई कोरोना बिरुद्दको खोप पूर्ण मात्रामा लगाउन अनुरोध गरेको छ साथै बुस्टर डोजका लागि पालो कुर्नु नपर्ने र स्वास्थ्य मापदन्ड पालना गर्दै सिधै खोप केन्द्रमा जान भनिएको छ । कुवेतमा कोरोनाको अबस्था स्थिर रहेको तथा हाल दिइदै आएका खोपहरू नयाँ भेरियन्ट विरुद्ध प्रभावकारी रहेको बताउँदै नागरिक र बासिन्दाहरूलाई भाइरसको फैलावट रोक्न सबैमा सावधानी अपनाउन र कोरोना विरूद्धको भ्याक्सिनको बुस्टर शट लिन अनुरोध गरेको हो ।

यसै गरी कुवेतमा ‘ओमिक्रोन’ भेरीएन्ट भेटिएकै कारण विमानस्थलको कार्यविधिमा कुनै परिवर्तन नहुने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...