Tuesday 31st March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि २०७८ मंसिर ८ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ट आतिथ्यतामा अनि पूर्ण पन्तको कुशल उद्घोषणमा ७८ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा सम्पन्न भएको हो ।

काव्य श्रृङ्खलामा निर्मलरमण पराजुली, खगेन्द्र बस्याल, लक्ष्मी प्रसाद मिश्र, रस्मी रिमाल, संगिता ठाकुर, शुरेश घिमिरे, टेक बहादुर लौडारी, उर्मिला पन्त, विष्णु ठकुरी, चन्द्रावती अधिकारी, द्वारिका कुइकेल, रिता खतिवडा, दुर्गा अधिकारी, शारदा आचार्य, सिता कार्की, जानुका थापा, लक्ष्मी बस्याल लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

लक्ष्मी बस्याल,शारदा आचार्य,खगेन्द्र बस्यालले खोरिया सुन्दर लयमा वाचन गर्नु भयो प्रमुख अतिथि डा, लम्साल ज्यूले साहित्यमा दर्शक र दृष्य भित्र दृष्टी हुन्छ,त्यो गहिराइमा कवताको भाव हुन्छ भन्नु हुँदै चन्द्रागिरिले जुटाएको यो अवसर प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

गोविन्द घिमिरे,कलानिधि दहाल,गंगा लिगलले शुभकामना व्यक्त गर्नु हुँदै आ-आफ्नो रचना सुनाउनु भयो ।अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया पर्वतकको रुपमा खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै शार्दूल विक्रीडित छन्दको कविता सुनाउनु भयो ।चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको खुशी व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु हुँदै काव्य श्रृङ्खलाको समापन गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...