Wednesday 24th December 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि २०७८ मंसिर ८ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ट आतिथ्यतामा अनि पूर्ण पन्तको कुशल उद्घोषणमा ७८ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा सम्पन्न भएको हो ।

काव्य श्रृङ्खलामा निर्मलरमण पराजुली, खगेन्द्र बस्याल, लक्ष्मी प्रसाद मिश्र, रस्मी रिमाल, संगिता ठाकुर, शुरेश घिमिरे, टेक बहादुर लौडारी, उर्मिला पन्त, विष्णु ठकुरी, चन्द्रावती अधिकारी, द्वारिका कुइकेल, रिता खतिवडा, दुर्गा अधिकारी, शारदा आचार्य, सिता कार्की, जानुका थापा, लक्ष्मी बस्याल लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

लक्ष्मी बस्याल,शारदा आचार्य,खगेन्द्र बस्यालले खोरिया सुन्दर लयमा वाचन गर्नु भयो प्रमुख अतिथि डा, लम्साल ज्यूले साहित्यमा दर्शक र दृष्य भित्र दृष्टी हुन्छ,त्यो गहिराइमा कवताको भाव हुन्छ भन्नु हुँदै चन्द्रागिरिले जुटाएको यो अवसर प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

गोविन्द घिमिरे,कलानिधि दहाल,गंगा लिगलले शुभकामना व्यक्त गर्नु हुँदै आ-आफ्नो रचना सुनाउनु भयो ।अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया पर्वतकको रुपमा खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै शार्दूल विक्रीडित छन्दको कविता सुनाउनु भयो ।चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको खुशी व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु हुँदै काव्य श्रृङ्खलाको समापन गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...