Wednesday 12th August 2026

लक्ष्मी स्मृतिको गजल संग्रह – ५


खेतबारी साहुको हात बन्धकी भयो।
शरिर यता खाडीमा हत्कडी भयो।

छोरा छोरी सबै लाखापाखा लागेपछि
बृद्ध बाआमाको साहारा बैशाखी भयो।

महँगा औषधि कहाँबाट पाउनु र खानु
गरिबको भाग्य त्यहि पानी पट्टी भयो।

न्याय माग्ने कठगरा जाकिएका छन्
कसरी भन्नु अव यहाँ ज्यादती भयो।

चप्पलमा हिजै हिँडेजस्तो लाग्छ खै
नेताहरु खै कसरी यत्रो ऐयासी भयो?

– लक्ष्मी स्मृति, बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...