Wednesday 14th October 2026

अथकको दुई कृति विमोचन


साहित्यकार पुष्कर अथक रेग्मीको दुई कृति काठमाडौमा विमोचन भएको छ । अाधुनिक साहित्य परिषद नेपालको चौथो बार्षिक उत्सव समारोहको अवसरमा अायोजित विशेष कार्यक्रम अथकको ऐतिहासिक बालकथा सङ्ग्रह अपूर्व दर्शन र बाल सुसेली सङ्ग्रह अचार विमोचन भएको हो ।

मंसिर १, २ र ३ गतेसम्म परिषदले साहित्यिक महोत्सव अायोजना गरेको थियो । महोत्सवमा विभिन्न सर्जकहरूद्वारा विभिन्न विधाका ३१ वटा पुस्तकहरू बिमोचन गरिएको थियो । परिषदका अध्यक्ष मुरली प्रसाद ढकालको अध्यक्षता र प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालको प्रमुख अातिथ्यतामा सन्चालित समारोहमा अामाको सम्मान सिर्जना यात्रा कार्यक्रममा विजयी हुने सहभागीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियोे । कार्यक्रममा डेढ दर्जन भन्दा बढी स्रष्टाहरूले विशेष कविता , गजल तथा सुसेली वाचन समेत गरेका थिए ।

महोत्सवमा पाल्पाका साहित्यकार पुष्कर अथक रेग्मीको पनि दुइवटा कृति बिमोचन भएको थियो । डेढ दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यकार अथकका हालसम्म ५ वटा बाल साहित्यका कृतिहरू प्रकाशित भएका छन् । बिमोचित कृति बाल सुसेली अचार भित्र अामा, बाबा,गुरु, स्कुल, फुटवल, भक्तिगान, गीत , कोरोना , साहित्य , सुसेली शीर्षकका सुसेलीहरू रहेका छन् भने ऐतिहासिक बाल कथा सङ्ग्रह अपूर्व दर्शनभित्र ८ वटा शीर्षकमा बाल कथाहरू संगृहित भएका छन् ।

रूरूकन्याको कथा, रम्भापानीको कथा, सत्यवती वज्यैको कथा , वाक्खै ह्वा वाक्खैको कथा, भैरवनाथको कथा , जात्रै जात्राको शहरको कथा, उजिरसिंहको कथा र रानीमहलको कथालाई बाल कथाको माध्यमद्वारा प्रस्तुत गरिएको छ । बाल साहित्य बिकास मञ्चद्वारा प्रकाशित , गौरी पव्लिक रिलेसन एन पव्लिकेन काठमाडौंद्वारा बितरित दवै कृतिहरू बालबालिकाहरूका लागि अत्यन्त उपयोगी र संग्रहणीय रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...