तितोपाटी – श्रीमतीको कुटाईबाट जिरी नगरपालिका- ३ मालीमा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भनाभनको क्रममा आङलुङ शेर्पाले उनकी श्रीमान नाङ्गेल शेर्पालाई प्रहार गर्दा अाज बिहीबार विहान १० बजे मृत्यु भएको हो । प्रहरी विज्ञप्तिमा ५५ वर्षका नाङ्गेललाई उनकी श्रीमती आङ्लुङले नाकमा प्रहार गरेको उल्लेख छ ।
कुटाइले नाक र आँखाबाट रगत आएको र अनुसन्धानका लागि ५५ वर्षीया आङ्लुङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले बताए ।