Saturday 22nd August 2026

सियरालियोनमा तेल ट्यांकर विस्फोटमा सयाैंको मृत्यु, राष्ट्रिय शोकको घोषणा


सियरालियोनको राजधानी फ्रिटोनमा गत शनिबार इन्धन बोकेको ट्यांकर लरीसँग ठोकिंदा भएको विस्फोटमा सयाैं मानिसको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। सियरा लियोनका राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका हुन।

उक्त विस्फोटमा परी एक सय आठजनाको मृत्यु भएको थियो। त्यहाँ सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक मनाइने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इन्धन बोकेको एउटा ट्यांकर अर्को सवारीसाधनसँग ठोक्किएपछि आगलागी भएको थियो। बिहानको समयमा किनबेचका लागि सडकमा सयौँ मानिसको भिड लागेको वेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ।

राष्ट्रपति बायोले अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका बताइएको छ। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले अनुमान गरेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...