Friday 16th October 2026

इथियोपियामा संकटकाल घोषणा


इथियोपियाको मन्त्रिपरिषद्ले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको छ । देशको उत्तरी क्षेत्रमा सक्रिय विद्रोही समूह टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)ले राजधानीतर्फ अघि बढ्ने चेतावनी दिएपछि इथियोपियाको सरकारले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको हो।

संकटकाल घोषणासँगै सरकारी अधिकारीहरूले नागरिकहरूलाई राजधानी अदिस अब्बासको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। इथियोपियाको सरकारी सञ्चारमाध्यम फना ब्रोडकास्टिङका अनुसार आतंकवादी समूह टिपिएलएफद्वारा हुन सक्ने सम्भावित नरसंहारबाट नागरिकलाई बचाउन संकटकाल घोषणा गरिएको हो।

टिपिएलएफ संघीय सरकारविरुद्ध विगत एक वर्षदेखि युद्धरत छ। संकटकालको समयमा सडक तथा यातायात सेवा अवरुद्ध, कर्फ्यु लगाउने तथा केही क्षेत्रमा सेनाको नियन्त्रण हुन सक्ने, ‘आतंकवादी’ समूहसँग जोडिएका शंकास्पद व्यक्तिहरूलाई पक्राउ पुर्जीविना नै पक्राउ गर्न सकिने तथा सेनामा भर्ती हुने उमेर पुगेका सबै नागरिकलाई विद्रोही समूहविरुद्ध लड्नका लागि आह्वान हुन सक्ने बताइएको छ।

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको द्वन्द्वले निम्त्याएको मानवीय संकटले लाखौँ मानिस भोकमरीमा रहेका छन्। इथियाेपियामा द्वन्द्वका कारण हजारौँ मानिसको ज्यान गएको छ भने २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...