Monday 4th August 2025

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु


तितोपाटी – गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नं.को ट्याक्टर माडी–१ धारावाङमा गएराति ८.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो । दुर्घटना भएको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी शव निकालेको थियो ।

मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।

सडकबाट पाँच सय मिटर तल खसेको ट्याक्टरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने औंल्याइएको छ ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...