Tuesday 11th November 2025

श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया


तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता थियो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कार्यक्रममा यूएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो ।
नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको यूएईमा दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरूले कोभिड–१९ महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराएका थिए ।

आबुधावी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन यूएई गएको मन्त्री श्रेष्ठ नेतृत्वको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...