Sunday 16th November 2025

भारतको केरलामा बाढी र पहिरोको कारण २७ जनाको मृत्यु


तितोपाटी- भारतको केरला राज्यमा हिजो आएको बाढी र पहिरोको कारणले अहिलेसम्म २७ जनाको मृत्यु भएको छ ।
कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ ।
अक्टोबर १३ तारिखदेखि नै भारतमा भारी वर्षा हुने अनुमान गरिएकोमा अक्टोबर १७ तारिख (आइतबार) सो क्षेत्रमा यस्तो दुःखद घटना भएको छ ।
सो क्षेत्रमा अझै भारी वर्षा, बाढी र कुनै पनि खालका विपद आउनसक्ने भएकाले अनावश्यक रुपमा यात्रा नगर्न नागरिकहरुलाई सरकारले निर्देशन दिएको छ ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...