Friday 26th June 2026

भारतको केरलामा बाढी र पहिरोको कारण २७ जनाको मृत्यु


तितोपाटी- भारतको केरला राज्यमा हिजो आएको बाढी र पहिरोको कारणले अहिलेसम्म २७ जनाको मृत्यु भएको छ ।
कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ ।
अक्टोबर १३ तारिखदेखि नै भारतमा भारी वर्षा हुने अनुमान गरिएकोमा अक्टोबर १७ तारिख (आइतबार) सो क्षेत्रमा यस्तो दुःखद घटना भएको छ ।
सो क्षेत्रमा अझै भारी वर्षा, बाढी र कुनै पनि खालका विपद आउनसक्ने भएकाले अनावश्यक रुपमा यात्रा नगर्न नागरिकहरुलाई सरकारले निर्देशन दिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...