Monday 27th October 2025

बदर अल समा मेडिकल सेन्टरले अक्टोबर १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो


तीतोपाटी – बदर अल समा मेडिकल सेन्टर फरवानियाले अक्टोबर १५ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समाजसँग सहकार्य गरेको संस्था टुलुकुटा कुवेतसंग सम्बद्ध मानिसहरूप्रति केन्द्रीत भइ सम्पन्न गरिएको थियो ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने सामाजिक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि शिविर सम्पन्न भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ कार्यक्रममा बोल्दै टुलुकुटा कुवेतका अध्यक्ष श्री सनत सेट्टी, समाज कल्याण अधिकारी विजय विल्सन तथा सल्लाहकार रमेश भण्डारीले बदर अल समा मेडिकल सेन्टरले उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै बदर अल समा मेडिकल सेन्टरको खुलेर प्रसंशा गरेका थिए भने यो किसिमको निःशुल्क स्वास्थ्य शिविर संचालन गरि सेवा दिएकोमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुलरजाकप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइ टुलुकुटा कुवेतलाइ सपोर्ट गरेकोमा बदर अल समा मेडिकल सेन्टरका डा. हुसैन तथा डा. वानिसा, नर्सिङ डिपार्टमेन्ट, ल्याव टिम तथा रिसेप्सन टिमलाइ पनि विशेष धन्यवाद व्यक्त गरिएको थियो ।

सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समा मेडिकल सेन्टरका विजनेस डेभलपमेन्ट कोअर्डिनेटर श्र अनास तथा मार्केटिङ कोअर्डिनेटर मिस प्रीमाको संयोजनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...