Sunday 18th October 2026

बदर अल समा मेडिकल सेन्टरले अक्टोबर १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो


तीतोपाटी – बदर अल समा मेडिकल सेन्टर फरवानियाले अक्टोबर १५ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समाजसँग सहकार्य गरेको संस्था टुलुकुटा कुवेतसंग सम्बद्ध मानिसहरूप्रति केन्द्रीत भइ सम्पन्न गरिएको थियो ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने सामाजिक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि शिविर सम्पन्न भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ कार्यक्रममा बोल्दै टुलुकुटा कुवेतका अध्यक्ष श्री सनत सेट्टी, समाज कल्याण अधिकारी विजय विल्सन तथा सल्लाहकार रमेश भण्डारीले बदर अल समा मेडिकल सेन्टरले उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै बदर अल समा मेडिकल सेन्टरको खुलेर प्रसंशा गरेका थिए भने यो किसिमको निःशुल्क स्वास्थ्य शिविर संचालन गरि सेवा दिएकोमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुलरजाकप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइ टुलुकुटा कुवेतलाइ सपोर्ट गरेकोमा बदर अल समा मेडिकल सेन्टरका डा. हुसैन तथा डा. वानिसा, नर्सिङ डिपार्टमेन्ट, ल्याव टिम तथा रिसेप्सन टिमलाइ पनि विशेष धन्यवाद व्यक्त गरिएको थियो ।

सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समा मेडिकल सेन्टरका विजनेस डेभलपमेन्ट कोअर्डिनेटर श्र अनास तथा मार्केटिङ कोअर्डिनेटर मिस प्रीमाको संयोजनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...