Monday 31st August 2026

अफगानिस्तानको कानदहारस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० को मृत्यु


तीतोपाटी – अफगानिस्तानको कानदहारस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् भने १०० जना घाइते छन् । शुक्रवार दिउँसो प्रार्थना भइरहेको समयभा भएको उक्त विस्फोटमा अझै धेरै मानिसहरू हताहत भएको हुन सक्ने वासिङ्टन पोष्टले जनाएको छ ।

सिया मस्जिदलाई लक्षित गरी शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको हो । घाइतेहरुलाई नजिकका अस्पतालमा उपचार गरिएको छ ।

तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता क्वारी सइद खोस्तीले घटनाको पुष्टि गरेका छन् । हमला कसले गरेको भन्नेबारे भने केही खुलेको छैन ।

गत शुक्रबार पनि कुन्दुज सहरस्थित अर्को एक सिया मस्जिदमा बम विस्फोट गरिँदा २० जना मारिनुका साथै ९० घाइते भएका थिए । उक्त विस्फोटको जिम्मा आईएसआईले लिएको थियो भने यस पटकको विस्फोट कस्ले गराएको बताइएको छैन ।

अफगानिस्तानमा तालिबान सरकार गठनपछि आईएसआईएलका लडाकूले आक्रमण तिब्र पारेका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...