Tuesday 6th October 2026

३३ किलो सुन तीज गीत सार्बजनिक ( भिडियो सहित ) 


चन्द्र बिश्वकर्मा, तितोपाटी – तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र बिमला श्रीसले  ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन ।

बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेका छन । केही समय पहिले नेपालको सनसनीपुर्ण घटना ३३ किलो सुन काण्डलाई विषय बस्तु बनाएर पारिवारिक तथा सामाजिक विषय बस्तुमा तीज गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । उक्त गीतको शब्द रचना प्रविण खत्रीले गरेका छन भने लय संकलन गायक सज्जन बोहराको रहेको छ ।


बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहरालाई यसपटक भने फरक शैलीमा देख्न पाइएको छ । उक्त गीतमा गायक गायिका दुबैले अभिनय गरेका छन । उक्त गीतमा लोक तथा दोहोरी गायक सज्जन बोहोरा र बिमला श्रीसको सुमधुर आवाज रहेको छ भने निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन । उक्त गीत मेशना  डिजिटल कम्पनीको प्रस्तुतिमा म्युजिक नेपालबाट युट्युबमा सार्बजनिक भएको छ ।

भिडियो हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...