Friday 16th October 2026

श्री कुन्चिप्वाकल स्वास्थ्य चौकीलाई ४ लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण


तितोपाटी- श्री कुन्चिप्वाकल स्वास्थ्य चौकी लाई गुड नेवर्स इन्टरनेशनल द्वारा ४ लाख भन्दा बढीको स्वास्थ सामग्री हस्तान्तरण गारिएको छ ।

गत असोज २० गते गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र द्वारा संचालित सामुदायिक विकास परियोजनाको कार्यक्षेत्र भित्र रहेको तारकेश्वर नगरपालिका वडा नं. १, मा अबस्थित बुलन्द आवाज अभियान र सरकार को सहकार्यमा बनेको श्री कुन्चिप्वाकल स्वास्थ चौकी लाई उक्त सामुदायिक विकास परियोजनाबाट (चार लाख चौध हजार छ सय चौरासी )बराबरको मेडिकल उपकरण तथा फर्निचर गुड नेवर्स इन्टरनेशनल नेपाल को जिल्ला संयोजक दिपा सुबेदीले वडाको उपस्थितमा हामी लाई उपलब्ध गराएका हुन।

उक्त हस्तान्तरण कार्यक्रममा लेले सामुदायिक विकास केन्द्रका परियोजना संयोजक रामकुमार पुडासैनी, जनस्वास्थ अधिकृत पहरा जि. सी. लेले सामुदायिक बिकास केन्द्रको सामुदायिक सहजकर्ता रुपा नेपाल तथा साङ्गला प्राथमिक स्वास्थ केन्द्रका डा. नकुल पौडेल, डा. अनिल सुबेदी सि.अ. हे.ब. फत्त बहादुर गुरुङको पनि उपस्थित रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...