Friday 23rd January 2026

रिता खरालका “दसैँ” विशेष दस टुक्का कविताहरू


(१)
आमा भन्छिन् दशा आयो,
सारै मन रुन लायो ।
(२)
माया सद्भाव मनमा
दशैँ छायो है जनमा ।
(३)
आँसुका धाराहरु बग्दछन् कति,
दशैँको बेला नहोस् है त दुर्गती ।
(४)
मनमा पीडा भएपनि सहनुपर्छ,
दशैँको बेला स्वच्छ मन रहनुपर्छ ।
(५)
पीडा मनमा हुन्छन् कति कति
दशैँको बेलामा सम्झना अति ।
(६)
चाडबाड आयो है घर आगन,
दु:ख पर्दा आफुलाई सम्हालन ।
(७)
किन आउदो हो यो दशैँ अनि तिहार,
दु:खिलाई ऋण माथी नै ऋणको भार ।
(८)
टीका जमरा लगाई आशीर्वाद ग्रहण गर्छौ ,
दशैँको बेला ठुलाबढाको सधैँ शरण पर्छौ ।
(९)
दिन गन्दै जादा दशैँ पो नजिक आइसक्यो,
कसैलाइ दशैँ कसैलाई दशा लाइसक्यो ।
(१०)
सधैंभरी नै स्वच्छ रहोस् है त मनका भावना,
व्यक्त गर्छु दशैँ तिहारको भव्य शुभकामना ।

✍️रिता खराल, रुपन्देही


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...