Thursday 15th October 2026

६ स्रष्टाका उदकहरू


१
योजना
सफा नदी
प्रदुषण रहित पानी !

नदी
दाह संस्कार
प्रदुषण फालिएका सामान !

नदी
जीवन दायिनी
फोहरले हुँदैछ विकृत !

✍️ टीकाराम जोशी, कैलाली

२
मान्छे
आस्थाकाे बन्दी
मन्दिर मस्जिद गिर्जाघर !

पान
पाहुनालाई स्वागत
मिठास पर्गेल्ने बाटाे !

मन
समाधि हुन्न
सुख दुःख पीडामा !

✍️ चन्द्र उपाध्याय, कैलाली

३
जीवन
प्रिय बनोस
आफ्नो होस् नितान्त !

आफ्नो
घर प्यारो
लिपेको गोबर कमेरो !

सन्तान
सुखी मन
सँगै हुने चाहाना !

✍️ पुष्पा सायरा, विराटनगर

४
आँशु
मनको रोदन
नचाहेर अविरल झर्ने !

सुन
एउटा धातु
नारी श्रृङ्गारकाे वस्तु !

बादल
सिमसिम पानी
बेहाल किसानको जिन्दगानी !

✍️ ओमप्रकाश मदुवा, कैलाली

५
बगैंचामा
रातो गुलाब
सुन्दरताको अमूल्य प्रतीक !

हिमाल
सेतो कञ्चन
अनुपम लाग्ने दृश्य !

सम्बन्ध
जीवनको गाँठो
नछुट्टिने अनन्त बन्धन !

✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा

६
देश
भाषा भेष
सुहाउँदो गरे बेश !

पहिरो
गएछ गहिरो
हेर्न जानेहरूको ओइरो !

उदक
म भएको
गन्तव्यमा पुग्ने सहयात्री !

✍️ धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

प्रतिकृयाहरू
...