१
सपना
विपनाको प्रतिबिम्ब
किन डर अचम्म ?
मुर्ती
नदेखाउने फुर्ति
जगाउने विश्वास औधी ।
माया
हृदयको पानी
बग्दै तल जानी !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
२
जीवन
वारिपारि जसरी
खेल्दैछ संघारको दौतरी !
आाशा
बाँच्ने रहर
उषा नहुने डर !
फल
आँखा तर्दैछ
मन जीवन ढल्दैछ ।
✍️ चक्र आले मगर, कैलाली
३
सराबी
भयाे खराबी
अन्तिममा हुन्छ वैरागी !
नास्तिक
देवताकाे विराेधी
मर्दा हुन्छ आस्तिक !
उदक
तुलसीकाे जल
खानु अमृत पान !
✍️ नवराज भट्ट, महेन्द्रनगर
४
जीवन
आजीवन सङ्घर्ष
परिश्रमको फल मिठो !
जीवन
अतृप्त अभिलाषा
आशा निराशाको सङ्गम !
जीवन
दुःख सुख
व्यक्ति व्यक्तिको भोगाइ !
✍️ गोपालप्रसाद पौड्याल, पोखरा
५
बचेरा
प्रकृतिको देन
सहारामा बाँचेको जीवन !
चरा
भर चुच्चोको
हावाहुरी छल्ने गुँड !
बचेरा
सृष्टि विधाताको
प्रगाढ प्रेम सन्ततिको !
✍️ भवानी घिमिरे, सर्लाही