Thursday 15th October 2026

पाँच स्रष्टाका उदकहरू


१
सपना
विपनाको प्रतिबिम्ब
किन डर अचम्म ?

मुर्ती
नदेखाउने फुर्ति
जगाउने विश्वास औधी ।

माया
हृदयको पानी
बग्दै तल जानी !

✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा

२
जीवन
वारिपारि जसरी
खेल्दैछ संघारको दौतरी !

आाशा
बाँच्ने रहर
उषा नहुने डर !

फल
आँखा तर्दैछ
मन जीवन ढल्दैछ ।

✍️ चक्र आले मगर, कैलाली

३
सराबी
भयाे खराबी
अन्तिममा हुन्छ वैरागी !

नास्तिक
देवताकाे विराेधी
मर्दा हुन्छ आस्तिक !

उदक
तुलसीकाे जल
खानु अमृत पान !

✍️ नवराज भट्ट, महेन्द्रनगर

४
जीवन
आजीवन सङ्घर्ष
परिश्रमको फल मिठो !

जीवन
अतृप्त अभिलाषा
आशा निराशाको सङ्गम !

जीवन
दुःख सुख
व्यक्ति व्यक्तिको भोगाइ !

✍️ गोपालप्रसाद पौड्याल, पोखरा

५
बचेरा
प्रकृतिको देन
सहारामा बाँचेको जीवन !

चरा
भर चुच्चोको
हावाहुरी छल्ने गुँड !

बचेरा
सृष्टि विधाताको
प्रगाढ प्रेम सन्ततिको !

✍️ भवानी घिमिरे, सर्लाही


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...