Friday 23rd January 2026

पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


तीतोपाटी – शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गत २०७८ साल असोज १६ गते सम्पन्न उक्त कार्यक्रम शान्ति समाज टोल गोंगबुमा सम्पन्न गरिएको थियो ।

बागमती प्रदेशका अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल र विशिष्ट अतिथिमा प्रा. डा. गार्गी शर्मा रहनुभएको थियो ।

शीत काव्य समाज नेपालका केन्द्रीय सचिव दामोदर ढकालले कार्यक्रमको प्रकृति बताएपछि कार्यक्रममा बाग्लो उपस्थित भएका साहित्यकारहरूले शुभकामना सहित शीत प्रस्तुत गरेका थिए । यो कार्यक्रम आजसम्मकै उत्कृष्ट कार्यक्रम भएको सहभागी साहित्यकारहरूले बताएका थिए । कार्यक्रम २ घन्टा चलेको थियो ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...