“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
पञ्चाङ्ग १
जिन्दगीकाे सफर यति किन छाेटाे लाग्न थाल्याे
मेरै मात्र हाेकि यस्ताे भाग्य खाेटाे लाग्न थाल्याे ।
गरूँला नि भन्दा भन्दै दिन बिते वर्ष महिना,
आफैँ हेर्दा हैन जस्ताे आफ्नै फाेटाे लाग्न थाल्याे।
बाले लाकाे प्याराे उही कछाड भाेटाे लाग्न थाल्याे ।
-चन्द्रावती अधिकारी कोहलपुर बाँके ।
पञ्चाङ्ग २
****
मेरो जस्तै तिम्रो पनि त अली अली जेथा रैछ ।
हामी दुईको एकै खाले आत्मा भित्र व्यथा रैछ ।।
भाग्यमा जे छ सबै कुरा दु:खियाले भोग्नै पर्ने ।
जिन्दगीले पढ्नुनै पर्ने उस्ता उस्तै कथा रैछ ।
तिमी र मैले सोंच्नु पर्ने साँच्ची उस्तै प्रथा रैछ ।
२
****
शुद्ध मन भएका कोही भेट्न सकिएन।
बिस्वाशिला पात्र कोहीनै देख्न सकिएन।।
स्वार्थी मान्छे सन्सारमा नभएका होईन।
भएकालाई समाजले खेद्न सकिएन।।
सर्बहारा को हो चिनेर लेख्न सकिएन।।
*****
-लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ्ग ३
१
तिम्रै लागि यो जीवन साँच्न मन छ ।
सयौं जुनि तिम्रै भइ बाँच्न मन छ ।
हरेक चुनौतीलाई सामना गर्दै ,
तिम्रै समिपमा रहि हाँस्न मन छ ।
दु:ख कष्ट भुल्दै सगैँ नाच्न मन छ ।
२
जिन्दगीको गन्तव्य लामो छ गल्नु हुदैन
अरुको उन्नतिमा कहिल्यै जल्नु हुदैन
धर्यतामै सफलता अल्झेको हुन्छ सबै,
बेकारको अल्झनमा मात्र ढल्नु हुदैन
सत्य साँचो कुरालाई कैले छल्नु हुदैन ।।
-दुर्गा भट्टराई ,मोरङ
पन्चाङ्ग ४
१
मेराे विवसतामा काेही खिल्ली उडाउने छ ।
मेराे भावनालाई फाली काेही चुँडाउने छ ।
याे समाज जता मल्काे उतै ढल्काे भने जस्तै
पाङ्ग्रा बनाएर मलाई काेही गुडाउने छ ।
उक्साएर भएकाे पनि काेही मुडाउने छ ।
२
भगवान बराहकाे प्रादुर्भाव भएकाे आजै हाे रे
बराहले राक्षस् हिरण्याक्ष बध भएकाे ताजै हाे रे
याे धार्मिक ग्रन्थ पनि बुझि नसक्नु अपरम्पार छ
बराहलाइ राक्षस मारि शान्ति भएकाे राजै भाे रे
त्यति बेला राक्षस मार्दा आवाज भएकाे बाजै भाे रे
( पण्डित हरि खतिवडाकाे वालकाे आधार)
– मधुसूदन प्रसाद घिमिरे काठमाडौं
🌹पञ्चाङ्ग🌹 ५
जिन्दगी मात्र संयोग हो कि बारम्बार प्रश्न आऊँछ
अनेकौँ व्यवधान कसरी हुन्छ र पार प्रश्न आउँछ
हजारौ दु:खहरू पार गर्दै बाँच्ने जीजिविषा लिएर,
जान अन्जानमै त छ गल्ति तारन्तार प्रश्न आऊछ
यो जिउने कला कहाँबाट सिकौँ अपार प्रश्न आउँछ ।
-कमला महत , काठमाडौं
पञ्चाङ्ग ६
चस्स चस्स चस्किएर दुखेको छ हृदय यो
अतीत सम्झी झस्किएर दुखेको छ हृदय यो
अहिले पनि उस्तै नै छ यो समाजको आँखा
अपजसमात्र पस्किएर दुखेको छ हृदय यो
भित्रै गाँठो कस्किएर दुखेको छ हृदय यो //
-सृजना सरोवर, उदयपुर
पञ्चाङ्ग ७
फटाहाले माया खोजेको देखेको छु
होइन भन्ने कति कति भेटेको छु
जीवनमा आफ्नै चाहिन्छ हुन्न पराय
दाउराको भुङ्ग्राले घाउ सेकेको छु
आफ्नो हृदयलाई आफैँ चेपेको छु ॥
समपञ्चाङ्ग १
१
यात्रा लामो छ यात्रामा गल्नु हुँदैन
सबैको आफ्नो भाग छ जल्नु हुँदैन
मिली हिँडौँ साथीहरू यात्रा एउटै
मनको कालो अरूमा दल्नु हुँदैन
कर्तव्य पालना गर्न रल्नु हुँदैन ।
२
रिसमा आगो बनेर बल्नु हुँदैन
विना हुरीबतासमा चल्नु हुँदैन
आफ्नोआफ्नो विशेषता छन् देखाउनु
आफन्तको विश्वासमा छल्नु हुँदैन
विषादी बोकेर फल फल्नु हुँदैन ।
-सविता के.सी., काठमाडौं
पञ्चाङ ८
१
दुख मात्र आउँछ भन्ने डर जिन्दगीमा
तिम्रोमात्र लाग्छमलाई भर जिन्दगीमा
सजाउनु तिम्रो दिलमा बास बसाएर
बनाउला कतैत सानो घर जिन्दगीमाअ
तिम्रो नामपछि लेख्नु छथर जिन्दगीमा ।
२
जिन्दगीमा तिम्रो सामु रमाउन पाए पुग्छ
यात्रा गर्दा तिम्रो हात समाउन पाए पुग्छ
जिन्दगीको साहरा बनि दिन्छौ भने तिमी
सधैं दुइ छाक खाने कमाउन पाए पुग्छ
बच्चा पढाउने खर्च जमाउन पाए पुग्छ।
३
तारा भएर पनि मलाई त जून हुन मन छ
बिपत्तिमा लगाएको अमुल्य गुन हुन मन छ
धनी गरिव दुख सुख जे भएनी पर्दछ मर्नु
गरिवको तरकारीमा राख्ने नून हुन मन छ
आगोले पनि बिगार्न नसक्ने सुन हुन मन छ।
४
मलाई गल्लीमा फालिएको ढुङ्गा सम्झियौ
म घोच्ने काँडा तिमी फूलको थुङ्गा सम्झियौ
कहिले सम्म हुन्छ नारी पुरुषमा भिन्नता
नदि तिमी वारिपारी तार्ने डुङ्गा सम्झियौ
थुम्बाबाट झर्न लागेकाे म बुङ्गा सम्झियौ।
५
आँखामा छारो हान्ने मात्र सारा देखियो
बिना काम आश्वासनका नारा देखियो
आफ्नो स्वार्थ पुरा गर्न लागेको दुनियाँ
फाइदा लुट्न सबै सर्बहारा देखियो
स्वार्थी दुनियाँ हेर्दा अफ्ट्यारा देखियो ।
-तारा घिमिरे, संखुवासभा
शिर्षक – जिन्दगी
पञ्चाङ्ग ९
संघर्षमानै खेल्छु सधैं हार्छ जिन्दगीले किन??
अगि बढदा खाडलमा पार्छ जिन्दगीले किन??
सपनाहरु सजायथेे चर्के किन सिसा सरि ??
मुस्कुराउन खोज्दा आँसु झार्छ जिन्दगीले किन??
तड्पाउदै पल पल मार्छ जिन्दगीले किन ??
-दुर्गा आचार्य, खोटाङ्गेली
पञ्चाङ्ग १०
माया पनि पैसा भए किन्न पाइन्छ रे।
दुःख पर्दा आफ्नो अर्को चिन्न पाइन्छ रे।
बजार मा किन्ने वस्तु जस्तै भयो माया
धन सम्पत्ति नहुने भिन्न पाइन्छ रे।
गरिबको माया पनि खिन्न पाइन्छ रे।
-लक्ष्मी बस्याल बर्दिया
पञ्चाङ्ग ११
पीडा त छदैछ खोल्न सक्दिन कहिले
मनका कुरा हो बोल्न सक्दिन कहिले
आक्रान्त हुँदै मन भारी भएकोछ
पिडाको भट्टिमा जल्न सक्दिन कहिले
तनाव बिचमा फल्न सक्दिन कहिले ।
२
किन बोल्नु भएन सानू रिसाएको झैं लाग्यो
पृथक-पृथक कुरा नै मिसाएको झैं
लाग्यो
मेरो गल्ती भए भन्नू सुध्रने गर्नेछु कसै
दु:ख पिडा एकै ठाउँमा पिसाएको झैं लाग्यो
आँखाको परेली आँसुले चिसाएको झैं लाग्यो।
३
कति चोट सहनु सक्दिन अब म
पीडा कति कहनु सक्दिन अब म
मानवता हरायो खोजेर पाइन्न
एकलो भैइ रहनु सक्दिन अब म
खोली जस्तै बहनु सक्दिन अब म
सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग १२
टन्न पैसा कमाउला भन्थ्यौ तिमी।
दुवै हात समाउला भन्थ्यौ तिमी ।
सुखसयल सँग जिन्दगी बिताउन,
घरबार जमाउला भन्थ्यौ तिमी।
हामी संगै रमाउला भन्थ्यौ तिमी।
सुशीला पौडेल, काठमाडौं