शिव खनाल जीवम – साहित्य सञ्जाल महासङ्घको आयोजनामा साप्ताहिक रूपमा संचालित झर अभ्यास अन्तर्गत सातौं अंकमा उखान टुक्का शैली लगायतका झर लेखन अभ्यास सम्पन्न भयो । उक्त अभ्यासका प्रतिनिधि झरहरु यस प्रकार रहेका छन् ।
सात झर
१
उपती छैन,
मेरा बाउ यस्ता !
२
दोब्बर मूल्य,
पचास प्रतिशत कृषि अनुदान !
३
मनमा डर,
हातमा रातो गुलाफ !
४
बालीमा किरा,
लक्ष्यमा बाधा !
५
तन छ टाढा,
प्रेमको डोरी !
६
प्रेम सुन्दर बिहानी,
युद्ध मृत्युको सिरानी !
७
हतार सधैँ,
मृत्युको यात्रा !
-शिव खनाल जीवम
————
पाँच झर
१
उही सिंहको दरवार,
हाँडी गाउँको जात्रा !
२
सानो सानो खेल मैदान,
चौतर्फी साँढेको हुङ्कार !
३
झ्याउँकिरीको झ्याइँ,
जून र ताराको संयोग !
४
सिमाना वारि र पारि,
काला र गोराको युद्ध !
५
दम्भको उच्च शिखर,
कुवाभित्रका भ्यागुता !
✍️ आर्त अकुलीन, कैलाली
==========
५ झर
१
विहान पूजापाठ
बेलुका भट्टीमा !
२
मर्ने बेला
अतृप्त तृष्णा!
३
कानाे गाेरु
सधैँ हरियाे!
४
मनमा माया
भेट नहुने !
५
भाेक लाग्याे
गाेजी रित्तै !
✍️ नवराज भट्ट
महेन्द्रनगर
==========
१
छोरीका लागि बने घर
नबने आकाशै छत
२
आफन्त अगाडि साथमा
पछाडि धार्ने हातमा
३
नभन पीडाका कुरा
रेट्छन मुटुमा छुरा
४
आमा बाबा समुद्रपारी
मनमा अदृश्य माया
✍️ सुमित्रा पोखरेल
==========
१
भगवानले खनेको ओखली
भगवानले नै पूरा गर्नुहुन्छ।
२
नहुनेको ताउलो
घरमा खान्छन् जाउलो
३
बाहिर छ पीडा
भित्र गर्छन् घृणा
४
काम न काज
गर्छन् कुरा खातमाथि खात
✍️ सरस्वती श्रेष्ठ
==========
१
जिन्दगी दु:खमा बितेको छ
साथ दिने साथीबिना
२
सधैँभरि हात समाउँछु
उनकै काखमा रमाउँछु
३
आँखामा आँसु
उसले दिएको दुःखले
४
भित्री पीडा
आँखामा आँसु
५
छोरी दुखमा छिन्
आमाले काम गर्न नसिकाएर
✍️ सञ्जीवराज जोशी
गुलरिया, कञ्चनपुर, भैरहवा
==========
संस्कारले पितृलाई तारौँला
पण्डितको धुन पैसा झारौँला ।
२
एउटैले पन्ध्र घरको पढ्छन्
विधि पूरा गर्दैन के पितृ तर्छन् ?
३
श्राद्धले बाटो खोलायो
निकट चाडपर्व बोलायो ।
४
गरिबले बच्चालाई हकार्ने
अमिरले परिकार डकार्ने ।
५
महँगीले लगायो चोलो
भ्रष्टले सुर्के थैली खोलो ।
✍️ रिजाल विनोद, मोरङ
==========
१
आकाशका तारा गनेर सकिन्न
मनका कुरा भनेर सकिन्न।
२
हात दियो पाखुरै तान्छन्
आफू बनेपछि लात हान्छन्।
३
बाँदरे चालाले देश बिग्रियो
दही चिउरेहरूको भविष्य सप्रियो।
४
उखानले देश बन्दो रहेनछ
आफ्नो र पराई गन्दो रहेनछ।
५
दिन खाएर जुँगा नआएको
के गर्ने नगर्ने थाहै नपाएको
✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा
=============
५ झर
१
परदेशीलाई
दसैँ न तिहार
२
उकालो बाटो
चिप्लो माटो
३
हिमाल चढ्ने
अक्सिजन बिर्सिने
४
चाडबाड आयो
दशा गरिबको
५
दुखीको घरमा
सुखी पाहुना
✍️ गोमा भट्टराई, मोरङ
==========
१
चाड पर्व आयो
गरिबलाई व्यथा
२
मनमा पीडा
ओठमा हाँसो
३
आफन्त प्यारा
कोखमा दारा
४
छोरीको जात
पराईको हात
५
क्यान्सर लाग्यो
पर्सेको बोको
✍️ कञ्चन भट्टराई (घिमिरे), मोरङ
==========
१
नाच्न जान्नु छैन
गीतलाई दाेष
२
कहिले माथै माथ
कहिले पुर्पुरामा हात
३
जो नेता अाए पनि जनतालाई उस्तै
खान लाग्यो खाजा, सितन छैन निस्तै
✍️ सुधा बाँस्काेटा ढकाल
==========
१
दोबाटामा आएर छुटिन्छन् बाटाहरू
अनभिज्ञ हुन्छन् पैतालाहरू
२
मलिन छन् सबै अनुहारहरू
झुट रहेछन् समाचारहरू
३
खतरा हुन्छन् धमिराहरू
नजिक नजाऊ टोक्छन् किराहरू
✍️विविधा भारती
===
उखान टुक्का शैलीका झर
उखान टुक्का नेपाली लोक संस्कृतिका अभिन्न अङ्ग हुन् । उखान टुक्का झरमा पर्दैनन् । कुनै कुनै उखान टुक्काहरूको अभिव्यक्ति साह्रै कलात्मक, गहन र प्रभावकारी हुन्छ । यही शैलीमा झर लेख्न भने सकिन्छ । सबै उखान टुक्कामा साहित्यिक गुण हुँदैनन् । त्यसैले यस्ता झर लेख्दा विशेष ध्यान पुर्याउनु आवश्यक छ । यी झर लेख्दा अन्त्यानुप्रास अनिवार्य छैन। यस्ता झर लेख्दा घुमाउरो लेखन शैली पछ्याउनुपर्छ । यो झर लेख्ने प्रतिनिधि स्रष्टा आर्त अकुलीन हुनुहुन्छ । वहाँ यो शैलीलाई समाचारको लिड शैली समेत भन्नुहुन्छ । झरले नेपाली साहित्यमा यो शैली भित्र्याएर एउटा अनुपम प्रयोग गरिरहेको छ । अभ्यासमा सहभागी सम्पुर्ण स्रष्टा महानुभाव एवम् झर विधालाई प्राथमिकता दिएर प्रकाशन गर्ने तितेपाती डटकम परिवार प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।