Thursday 15th October 2026

सर्जक राम भण्डारीका तीन मुक्तकहरू


भनौं म कसरी मनमा बिरह चल्नुको कारण ।
आफ्नै छायाँले आफैँलाई छल्नुको कारण ।
सम्झँदा पनि कहाली लाग्छ कसलाई सुनाउँ,
एक्कासी जिन्दगीले बाटो बदल्नुको कारण ।।

आँखा चिम्लेर ऊनैलाई तन-मन दिएको हुँ ।
यहि कारण मर्नु न बाँच्नु भएर पिल्सिएको हुँ ।
भनिदिन्थें खुलस्तै फेरि सुनिदिने कोही भए,
म त चोटै-चोटको मारले यस्तरी खिएको हुँ ।।

जब तिम्रो समिपमा पुगें मेरो एउटा काम थियो ।
हातमा पिडाले भरिपूर्ण निवेदन को खाम थियो ।
सायद तिम्ले नजर अर्कैतिर घुमायौ र देखिनौ होला,
लिफाफा बाहिर रगतले लेखेको तिम्रै नाम थियो ।।

-राम भण्डारी
सिन्धुपाल्चोक, हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

प्रतिकृयाहरू
...