Thursday 15th October 2026

रामचन्द्र भट्टराईका पाँच मुक्तकहरू


मुक्तक-१
भान्साको काम एक्लै सकाउनु हुन्छ।
मिठा मिठा खानेकुरा पकाउनु हुन्छ ।
जति सताए झिज्याए पनि आमालाई,
नरिसाई उहाँले उल्टै फकाउनु हुन्छ ।

मुक्तक-२
राज्य संचालनको स्थिति हो राजनीति ।
सुशासनको व्यवस्थित रीति हो राजनीति ।
प्रयोग कसरी हुन्छ,प्रयोगकर्तामा भर पर्छ
नितिहरु मध्य सर्वोकृष्ट नीति हो राजनीति ।

मुक्तक:३
कृषिप्रधान देश मनसुनमा भर पर्नु छ ।
पानी परेको यही बेलामा खेती गर्नु छ।
वरपर छरछिमेकमा अर्म पर्म काम गरी
वर्षदिनलाई खाने अन्न भकारी भर्नु छ ।

मुक्तक:४
कहिले खडेरी कहिलेअविरल झरी छ ।
रोगव्याधी छदै छ सन्त्रास थरीथरी छ ।
कसरी मन बुझाँउ अब कसरी बाँचौ ?
समस्या नै समस्या आफ्नै वरिपरि छ ।

मुक्तक:५
गरिबहरुकै बस्तीमा पहिरो खस्छ,बाढी आउँछ ।
हरेक वर्ष रोग अनि भोकको समस्याले सताउँछ ।
वास्तविक पिडितहरुको बिचल्ली भैरहेको बेला
उता नक्कली पिडितले सरकारी राहत पाउँछ ।

-रामचन्द्र भट्टराई, स्याङ्जा


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...