Friday 23rd January 2026

रामचन्द्र भट्टराईका पाँच मुक्तकहरू


मुक्तक-१
भान्साको काम एक्लै सकाउनु हुन्छ।
मिठा मिठा खानेकुरा पकाउनु हुन्छ ।
जति सताए झिज्याए पनि आमालाई,
नरिसाई उहाँले उल्टै फकाउनु हुन्छ ।

मुक्तक-२
राज्य संचालनको स्थिति हो राजनीति ।
सुशासनको व्यवस्थित रीति हो राजनीति ।
प्रयोग कसरी हुन्छ,प्रयोगकर्तामा भर पर्छ
नितिहरु मध्य सर्वोकृष्ट नीति हो राजनीति ।

मुक्तक:३
कृषिप्रधान देश मनसुनमा भर पर्नु छ ।
पानी परेको यही बेलामा खेती गर्नु छ।
वरपर छरछिमेकमा अर्म पर्म काम गरी
वर्षदिनलाई खाने अन्न भकारी भर्नु छ ।

मुक्तक:४
कहिले खडेरी कहिलेअविरल झरी छ ।
रोगव्याधी छदै छ सन्त्रास थरीथरी छ ।
कसरी मन बुझाँउ अब कसरी बाँचौ ?
समस्या नै समस्या आफ्नै वरिपरि छ ।

मुक्तक:५
गरिबहरुकै बस्तीमा पहिरो खस्छ,बाढी आउँछ ।
हरेक वर्ष रोग अनि भोकको समस्याले सताउँछ ।
वास्तविक पिडितहरुको बिचल्ली भैरहेको बेला
उता नक्कली पिडितले सरकारी राहत पाउँछ ।

-रामचन्द्र भट्टराई, स्याङ्जा


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...