१
न जाडो छ धेरै
न गर्मी अघोरै
न बर्षा न मैलो
शरद् भो सुनौलो
सफा स्वच्छ आहा!
धरा व्योम सारा ।
२
दशैं आउँदैछ
तिहार आउँदैछ
नयाँ जोस राम्रो
ठुलो चाड हाम्रो
खुसीले मनाऔ
र औधी रमाऔ।
३
हटे मेघमाला
उदाए चन्द्रमा
सफा व्योम हेर
न गर्मी छ धेर
शरद्को उजेलो
रमाउने छ मेलो।
-सुधा बास्कोटा ढकाल
काठमान्डाै