Thursday 15th October 2026

मनमति साहित्य समाजको ५औं भर्चुअल काव्य श्रृङ्खला भव्य रुपमा सम्पन्न


मनमति साहित्य समाजकाे ५औं भर्चुअल काव्य श्रृङ्खला आज २०७८ आश्विन ८ गते भव्य रुपमा सम्पन्न भएको छ ।

मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पाैडेलकाे अध्यक्षता, अग्रज साहित्यकार एवं विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आतिथ्यता एवं लक्ष्मी प्रसाद मिश्र,मणीराज सिंह,गंगा लिगल ज्यूकाे विशिष्ठ आतिथ्यतामा अनी रिता खतिवडाको कुशल उद्घाेषणमा काव्य गाेष्ठी २४ जना साहित्यकारकाे सहभागितामा भव्य रुपामा सम्पन्न भयाे ।

उक्त कार्यक्रममा सुधा बास्काेटा,लक्ष्मी बस्याल,जय नारायण भट्टराइ,आर्त अकुलीन,चन्द्रावतीअधिकारी, उर्मिला पन्त, दुर्गा अधिकारी, कल्पना देवकाेटा, चुडा निर्भिक, शुरेश घिमिरे, सिता विष्ट कार्की, भिम कुमारी श्रेष्ठ, दुर्गा अधिकारी भमरकाेटे, कृष्ण न्याैपाने, विनु बाबा घिमिरे, सरस्वती श्रेष्ठ, उत्तम भेटवाल लगायत साहित्यकारहरूले आ-आफ्ना कवित विशेष रचना वाचन गर्नु भइ सम्पन्न गरिएकाे थियाे ।

प्रमुख अतिथि जनार्दन धड्कनले राष्ट्रकवि माधव प्रसाद घिमिरेलाइ स्मरण गर्दै गरिएकाे याे काव्य गाेष्ठीमा कविता विधा र उपविधा खाेरिया,सुसेली,षडऋतु,गजलकाे सुन्दर प्रस्तुती रहेकाे भन्नु हुदै नेपाली भाषाकाे आधार भूमिबाट अब साहित्यकाे माध्यमबाट विश्व हाक्ने प्रतिष्ठानकाे गठन भएकाेले सबै प्रदेश र ७७ जिल्लाबाट साहित्यकारहरू जाेडिदै आउनु भएकाे जानकारी गराउनु भयाे ।मनमतिकाे कार्यक्रम ज्यादै उत्कृष्ठ रहेकाे बताउनु हुदै कार्यक्रम निरन्तरताकाे लागि शुभकामा व्यक्त गर्नु भयाे ।

अन्त्यमा अध्यक्ष श्रीधर पाैडेलले प्रमुख अामन्त्रित लगायत सम्पूर्ण उपस्थितीमा हार्दिक अाभार व्यक्त गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...