Thursday 15th October 2026

अञ्जिता राउतका केही उदकहरू


१.
माटो
खोक्रो बनाए
चुसेर देश नेताले !

२.
बिग्रीएको
देशको हालत
नमिले नेताको सवाल !

३.
चौतारी
मनपरी बात
देखाउँछन् उल्टै औकात !

४.
इज्जत
गुमाएर पनि
बन्न खोज्छन् महान् !

५.
जिन्दगी
कर्कलाको पानी
आफ्नै तालमा बहने !

६.
सुख
जीवन अनुभूति
बदल्छ यात्राको गति !

७.
सिरानी
सपनाको संसार
विश्रामको प्रमुख आधार !

८.
ढुङ्गा
मन्दिरमा उभ्याउँदा
बन्दै भगवानको रूप !

९.
आँखा
रसाउन थालेपछि
बन्दै मेची महाकाली !

१०.
दुर्व्यवहार
विकृत मानसिकता
बाँच्न खोज्ने नालायकहरू !

११.
आलोचना
बेकारको बहस
कुनै औकात नहुनेहरू !

१२.
बदनाम
चरित्रमा दाग
लागेपछि मेटेर नमेटिने !

१३.
जिन्दगी
सोच्दै नसोचेका
मान्छेहरु बारम्बार भेटिने !

✍️अन्जिता राउत
नेचा सल्यान-५, सोलुखुम्बु


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...