Monday 4th August 2025

धुन्चे-रसुवागढी सडक खण्डमा कन्टेनर दुर्घटना, ३ को मृत्यु, १ गम्भीर घाइते


तितोपाटी –  रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटना परी अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको प्रहरीले बताएको। सडक भन्दा करिब ३० मिटर तल खसेको कन्टेनरमा ४ जना सवार थिए।
घाइतेको उद्धार भइरहेको छ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। घटनास्थलतर्फ मेडिकल टोली पठाइएको उनले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...