Friday 16th January 2026

कुवेतमा सडक दुर्घटनामा परी एक जना नेपालीको मृत्यु


तितोपाटी- रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ।

नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो।

बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु हो। सवारीसाधनले ठक्कर दिएपछि उपचारको प्रयास भएपनि घटनास्थलमै मृत्यु भएको थियो। बिगत दुई बर्ष देखि कुवेतको एक कम्पनीमा कार्यरत तामाँगको घरमा श्रीमती र एक छोरी रहेको छन् ।
मृतक तामाँगको शव अहिले फर्वनिया अस्पतालको शव गृहमा राखिएको छ ।

कुवेतस्थित नेपाली दूतावासको अनुसार कम्पनीले कागजी प्रक्रिया पुरा गरे चाडो भन्दा चाडो मृतकको शवलाई नेपाल पठाउन तयारी थाल्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...