Thursday 16th July 2026

कुवेतमा सडक दुर्घटनामा परी एक जना नेपालीको मृत्यु


तितोपाटी- रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ।

नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो।

बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु हो। सवारीसाधनले ठक्कर दिएपछि उपचारको प्रयास भएपनि घटनास्थलमै मृत्यु भएको थियो। बिगत दुई बर्ष देखि कुवेतको एक कम्पनीमा कार्यरत तामाँगको घरमा श्रीमती र एक छोरी रहेको छन् ।
मृतक तामाँगको शव अहिले फर्वनिया अस्पतालको शव गृहमा राखिएको छ ।

कुवेतस्थित नेपाली दूतावासको अनुसार कम्पनीले कागजी प्रक्रिया पुरा गरे चाडो भन्दा चाडो मृतकको शवलाई नेपाल पठाउन तयारी थाल्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...