Friday 3rd May 2024

चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ७० औं काव्य श्रृङ्खला (कविता विशेष) भव्य रूपमा सम्पन्न


तीतोपाटी – चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ७० औं काव्य श्रृङ्खला (कविता विशेष) हिँजो २०७८ अाश्विन ६ गते भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा,बरिष्ठ साहित्यकार एबं पशुपति क्षेत्र विकासका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाको प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,मणीराज सिंह,जगदीश्वर पाेखरेल,तिलक लुइटेल,गंगा लिगल,ललिता दाेषी,पुरुषाेत्तम सिग्देल लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्काेटा ढकालको कुशल उद्घाेषणमा ७० औं कविता विशेष श्रृङ्खला २९ जना साहित्यकारकाे सहभागितामा भव्य रुपामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शाेभा कडरिया,शारदा आचार्य,टेक बहादुर लाैडारी,लक्ष्मी प्रसाद मिश्र’ चन्द्रावतीअधिकारी,द्वारिका कुईकेल,उर्मिला पन्त,दुर्गा अधिकारी,चन्द्रा न्याैपाने,कल्पना देवकाेटा,चुडा निर्भिक,वीर बहादुर लाेहनी,मिलन केसी,रिता खतिवडा,शुरेश घिमिरे,चन्द्रावती अधिकारी,सिता विष्ट कार्की,यज्ञ सुवेदी,विनु बाबा घिमिरे,सरस्वती श्रेष्ठ,लगायत साहित्यकारहरूले आ-आफ्ना कवित विशेष रचना वाचन गर्नु भइ सम्पन्न गरिएकाे थियाे ।

प्रमुख अतिथि खतिवडाले कविता साहित्य,कला र संगीतकाे त्रिवेणी हाे कवितामा नविन धरातल विम्बमा कमी देखिएकाेछ भन्नु हुँदै धर्म र सस्कारलाइ पनि कविता मार्फत लैजानु पर्नेमा जाेड दिनु भयाे कलानिधि दाहालले चन्द्रागिरीकाे कार्यक्रम ज्यादै उत्कृष्ठ,बनेकाे बताउनु भयाे ।बरिष्ठ साहित्यकार बम बहादुर थापाले चन्द्रगिरिकाे यस विधागत गरिएकाे कार्यक्रम फलदायी रहेकाे उल्लेख गर्नु भयाे ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खाेरिया पर्वतककाे रुपमा खाेरियाकाे सैदान्तिक पक्ष ४ लाइनकाे संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लाेक छन्दकाे चिनारी दिनु हुँदै चन्द्रगिरिले विधागत,विषयगत,र पर्व विशेष गाेष्ठी गर्दै आएकाेमा साहित्यकार ज्यूहरू त्यही अनुरुप रचना लिएर जाेडिनु भएकाेमा खुशी व्यक्त गर्नु प्रमुख आमन्त्रित लगायत सम्पूर्ण उपस्थितीमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे .


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...