Sunday 16th November 2025

अफगानिस्तानमा छात्राहरूलाई छिट्टै नै विद्यालय जान दिने तालिबानको स्पष्टोक्ति


अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ। तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो।

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरुले चिन्ता व्यक्त गरेका थिए। मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको थियो।

सूचनामा हजारौँ छात्राको पढाई तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरुलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए । विद्यालय जान नपाउँदा आफूहरुको आम्दानी गुमेकाले आफूहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसूस भइरहेको समेत शिक्षिकाहरुले बताएका छन्।

उनीहरुले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको गुनासो गरेका छन। शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समूदायले समेत चासो राखेपछि तालिबानले उनीहरुले चाडै बोलाउने प्रतिवद्धता जनाउन बाध्य भएको हो।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...