आधा दर्जन शीतहरु
१)
शीत
लेखे
प्रीत
देखे ।
२)ईटा
बन्दै
जग
खन्दै ।
३)जन्मे
द्रष्टा
शीत
स्रस्टा ।
४)भन्दै
रम्दै
शीत
लेख्दै ।
५)बस्दै
गर
शीत
शभा ।
६)राम्रो
ठाँउ
पाल्पा
गाउँ ।
सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ
शीत पुष्प :
दिन
रात
काम
साथ १
किन
हाेला
छैन
वात २
यता
उता
जाऊँ
कता ३
घुम्दै
डुल्दै
जान्छु
जता ४
दु:ख
सुख
पाल्छु
ज्यान ५
सधै
गर्छु
ईश
ध्यान ६
मन
चङ्गा
सबै
गङ्गा ७
ऋण
खाेजी
बन्छन्
नङ्गा ८
दान
पून्य
गरौं
जान ९
स्वर्ग
जाँदा
हुन्छ
खान १०
हिन्दू
धर्म
यही
मर्म ११
गर्दै
जाऊँ
राम्रा
कर्म १२
इन्दिरा ज्ञवाली
तानसेन,पाल्पा
शीत काव्य
कर्म
जति
गर्ने
हामी
बसि
खाने
ठुला
जाति
गर्न
हुन्न
हेला
कत्ति
जात
सानाे
भनि
कन
काम
राम्रो
गर्नु
पर्छ
हामी
सबै
एकै
हाैनि
किन
सानाे
ठुलाे
भन्ने
मरि
लानु
छैन
केहि
जान्छाै
हामी
खालि
हात
गंगा ‘अभिलाषी’
१२ शीत
हुँदा
टाढा
माया
गाढा
आज
हाम्रो
ठूलो
चाड
सबै
मिली
खुसी
बाँडाैँ
व्यर्थ
काम
यसै
छाडाैँ
शीत
काव्य
आज
भव्य
लेख
राम्रो
भाव
सभ्य
छोटो
अनि
मीठो
शीत
कतै
बन्यो
तीज
गीत
मन
भाव
राख्न
पाऊँ
शीत
सुन्छु
जता
जाऊँ
शुभ
दिन
शुभ
काम
आज
गरे
भोलि
नाम
अम्बिका आचार्य, पाल्पा
हाल: भैंसेपाटी, ललितपुर
शीतहरु
पूर्व
बाट
विष्णु
आइन्
नयाँ
नयाँ
कुराे
ल्याइन्
शीत
संग
मित
लाइन्
शीत
कोष
राख्छु
भनिन्
धन्य
धन्य
जय
जय
छैन
अब
कुनै
भय
कृष्ण बहादुर के.सी.
शीत काब्य
प्रीत
बस्यो
शीत
संग
पाई
उनी
भएँ
दङ्ग
दिन
दिनै
भेटुं
जस्तो
मन
भित्र
राखुँ
जस्तो
आँखा
चिम्लि
छोपु
जस्तो
उन्को
माया
कस्तो
कस्तो
धेरै
वर्ष
भाको
छैन
उनी
सङ्ग
भेट
भाको
थाहा
छैन
किन
होला
यति
धेरै
माया
लाको
साथ
राख्छु
जुनी
जुनि
प्यारो
लाग्छ
मेरो
उनि
एक्लै
हुँदा
शुन्य
लाग्छ
कहाँ
भेटु
जस्तो
लाग्छ
कति
सार्है
माया
लाग्यो
उन्कै
साथ
प्यारो
भयो
छोड्न
धेरै
गाह्रो
भयो
सविता भट्टराई, पाल्पा
रातै
भरि
पानी
परि
तातो
थियो
चिसो
गरि
बड्न
थाल्यो
खोला
गैरो
फेरि
जानि
होला
पैरो
झरि
परि
यत्र
तत्र
मन
भरि
त्रास
मात्र
चन्द्रकला खनाल ( देबी )
पाल्पा ता न पा १४ अर्गली