तीतोपाटी – शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतबो जन्मभूमि पाल्पाको तानसेनमा दुई वटा शीत कृतिको विमोचन भएको छ ।
कृति विमोचन गर्दै प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पामा जन्मेको शीतले चाडै व्यापकता पाउनेछ र धेरै नव स्रष्टाहरू जन्माउनेछ भनी बताउनु भयो। कार्यक्रममा अविश्रान्त कर्मशील साहित्यकार देवन्द्रराज शाक्यद्वारा लिखित एवं संकलित शीत काव्य संग्रह ‘ शीत’ को समीक्षा गर्दै साहित्यकार समिक्षक टंक पन्तले संग्रहमा बिषयगत , भावगत बिबिधतासहित गेयात्मकता छ , बालकहरूले अब सजिलै शीत लेख्न सक्नेछन् भनी बताए । शीत कृति भित्र ६६ जना सर्जकहरूको शीत संग्रहित रहेको छ । यसैगरी साहित्यकार शीत इश्वर कृष्ण बहादुर के सी द्वारा लिखित एकल शीत संग्रह ‘ शीतका थोपा ‘ को समीक्षा गर्दै समिक्षक कमल खत्रीले सकारात्मक संदेश सहितका , सामान्य देखि बिशिस्ट भाव सहितका गेयात्मक शीतहरू रहेको बताए ।![]()
कार्यक्रममा कृति प्रकाशक द्वय अग्रज शीत साधक देवेन्द्रराज शाक्य र शीत ईश्वर कृष्ण बहादुर के सीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियोे । कार्यक्रममा शीत काव्य समाजका राष्ट्रिय महासचिव दामोदर ढकाल , राष्ट्रिय सदस्य एवं वाग्मती प्रदेश अध्यक्ष तथा कृतिका लेखक कृष्ण बहादुर के सी, पत्रकार धातानन्द गैरे, नारी स्रष्टा रमा पंत, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शीतको जन्म भएको ३ महिनामै दुइवटा कृति विमोचन गर्न पाउँदा शीतले व्यापकता पाउनेमा अाफू बिश्वस्त रहेको भनी शीत परिकल्पनाकार एवं शीत काव्य समाज नेपालका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।![]()
यसैगरि शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा कार्य समिति गठन गरेको छ । शीत काव्य समाज पाल्पाको अध्यक्षमा कवयित्री इन्दिरा ज्ञवाली चयन हुनु भएको छ । शीत काव्य समाज नेपालको अायोजनामा पाल्पाको तानसेनमा भएको शीत कृति बिमोचनको विशेष अवसरमा शीत काव्य समाज पाल्पाको गठन भएको घोषणा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले गरेका हुन् । समाजको उपाध्यक्षद्वयमा साहित्यकार गोविन्द खनाल र गुणवती के सी, सचिवमा सुशिल बस्याल र कोषाध्यक्षमा जानकी अधिकारी चयन भएका छन् ।
समाजका सदस्यहरूमा अायाम कार्की, सरिता रेग्मी , शोभा कडरिया , पशुपति प्रधान,अम्विका पाण्डे ,जमुना घिमिरे र कमल बस्याल रहेका छन् । सल्लाहकारहररूमा साहित्यकार कलाकार चित्रवलीराम सुवाल , नारायण प्रसाद शर्मा र रमा पन्त रहेका छन् भने संस्थागत सल्लाहकारमा चन्द्रकान्त न्यौपाने र प्रेस सल्लाहकारमा रामचन्द्र रायमाझीलाई मनोनयन गरिएको छ । यसैगरी अाजको विशेष समारोहमा शीत काव्य समाजको राष्ट्रिय प्रेस सल्लाहकारको रूपमा तितेपाटी डटकमका संचालक आनन्द आचार्यलाई मनोनयन गरेको छ ।
शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीको अध्यक्ष्ातामा शीत काव्य समाज नेपाल गठन भएसंगै प्रदेश नं १ र बाग्मति प्रदेशमा प्रदेश समिति गठन भई शीतका सर्तजकहरू शीतको प्रचारप्रसारमा लागिपरेका छन् । पाल्पा शीत काव्य समाज गठन हुने पहिलो जिल्ला भएको छ । शीतको जन्म पाल्पामै भएकोले यसको व्यापिकरणमा थप सहयोग पुग्नेछ । शीत काव्य समाज पाल्पाका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ।
कार्यक्रम शीत काव्य समाज नेपालको राष्ट्रिय कोषाध्यक्ष एवं पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गोविन्द खनालको स्वागत र शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालको संचालनमा सम्पन्न भएको थियो ।
कृति विमोचन समारोहको केहि झलकः
![]()
![]()
![]()