के हुन्छ र प्यारो बचपन भन्दा
ती बा आमाको आँगन भन्दा ।
तिमी दिलमा बसेकोले होला
केही प्यारो छैन धड्कन भन्दा ।
यो संसार तिमीलाई दिन सक्छु
बस् मलाई प्यार देऊ धन भन्दा ।
हुन त मुहार चाँदनी झैँ छ तिम्रो
अरु खास लाग्दैन नयन भन्दा ।
यो दिलमा ढुक्कले रहन सक्छौ
त्यो इन्द्र बस्ने सिहासन भन्दा ।
-गोमा कुमाल
माथागढी-२ पाल्पा, लुम्बिनी प्रदेश