Wednesday 10th June 2026

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाइ दोश्रो खेलमा पनि हरायो


तीतोपाटी – नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको छ । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज सहजै जितेको हो ।

ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिएका हुन् । लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिएका थिए ।

नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाउनुभयो ।

नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक\एक विकेट लिए ।

यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासेका थिए । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिएका थिए ।
यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

नेपालले अब सोमबारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ ।

ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले दक्षिणी इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको करिब एक घण्टापछि इरानको युद्ध व्यवस्थापन निकायले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना…

कुवेतले नेपाल लगायत १० देशबाट मात्र घरेलु कामदार लिने भएको छ । कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्ती सम्बन्धी नयाँ…

इरान र इजरायलले हालै एकअर्कामाथि आक्रमण रोकेको बताएका छन्, तर दुबै पक्षले आवश्यक परे पुनः हमला गर्न तयारी रहेको संकेत…

प्रतिकृयाहरू
...