Sunday 3rd May 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रबिण आचार्य


तीतोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको हिजो मिति १० सेक्टेम्वर २०२१ शुक्रबारका दिन तेश्रो अधिवेशन फाहाहिल स्थित ए – वान नेपाली रेष्टुरेन्टमा समाजका अध्यक्ष हिमराज न्यौपाने “हिमाल अन्जान” को अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनले कुवेत बसाइलाइ बिट मार्दै स्वदेश फर्कन लाग्नु भएका निवर्तमान अध्यक्ष हिमाल अन्जानलाइ विदाइ गरेको छ ।
“हिमाल अन्जान” को अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले प्रबिण आचार्यको अध्यक्षतामा तपसिल बमोजिमको नयाँ कार्यसमिती गठन गरेको छ।

१. अध्यक्ष : प्रबिण आचार्य
२ उपाध्यक्ष : तिलाचन बस्याल
३ महिला उपाध्यक्ष : सिर्जना पाण्डे
४ महासचिव : बद्री न्यौपाने
५ कोषाध्यक्ष : बिजय आउजी
६ सदस्यहरु : रोजिना ढुङ्गाना, हरि कंडेल र सुधा भिम डाँगी

व्यवस्थापन , सल्लाहकार :-
प्रसाद तिम्सीना

सल्लाहकार :-
हिमराज न्यौपाने “हिमाल अ न्जान” , अम्बर खडका र माधब पौडेल “असल यात्री ”

संरक्षक
मनोज काफ्ले “मनसुन”

सोहि अधिवेशन पश्चात नव निर्वाचित अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा प्रवासको भूमिमा रहेर पनि भाषा, साहित्यको जगेर्नाको निम्ति विभिन्न बिधामा कलम चलाउदै आउनु भएका अन्तराष्ट्रिय नेपाली साहित्य समाजा कुवेतका निवर्तमान अध्यक्ष हिमराज न्यौपाने “हिमाल अ न्जान” कुवेतको बसाईलाई अन्त्य गर्दै जन्म भूमी फर्कन लाग्नु भएकोमा उहाँको सुन्दर भविष्य एंव उत्तरोतर प्रगतिको साथै आगामी दिनमा पनि यहाँको साथ सहयोग र सदभावको अपेक्षा सहित यहाँले नेपाली साहित्य समाज प्रति दिएको योगदानको उच्च मूल्यांकन गर्दै स-धन्यबाद स्वरुप मायाको चिनो र दोसल्ला ओडाएर बिदाई गरिएको छ ।

अनेसास कुवेतले विगत एक दशक भन्दा लामो समयदेखि कुवेतमा गठन भइ साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूलाइ एकतृत गर्दै समय समयमा साहित्य श्रृंखलाहरू गर्दै आएको छ । तत्कालिन समयमा राजन रिमालको नेतृत्वमा शुरू भएको अनेसास मनोज मनसुन, हिमाल अन्जान हुँदै प्रबिण आचार्यसम्म आइपुग्दा धेरै साहित्य सर्जक जन्माउन सफल भएको छ भने अन्य देशमा रहेका अनेसासहरूसँग समन्वय गर्दै साहित्यको विकास र प्रवर्धनको लागि कृयाशिल रहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...