Thursday 15th October 2026

टहल आचार्यको गजल संग्रह – २३


गजल
###
एमसीसीले हामीलाई खलक्कै पो खाने भैगो ,
यहीँबाट बिश्वयुद्ध हुने कुरा जाने भैगो ।

डलरक‍ो कमिशन साँध सिमा खोलानाला ,
देश बेची ऐश आराम सुखचैन छाने भैगो ।

उपनिवेश बनाउने प्रभुको चाहनालाई ,
फूलपाती भेटी चढाई बली हुन माने भैगो ।

चीन भारत अमेरीका नेपालको भुमीबाट ,
कल्ले कतिसम्म सक्छ आपसमा हाने भैगो ।

हत्या हिंसा बलत्कार लुट चोरी भ्रष्टाचार ,
जता जता भ्याईन्छ त्यतै त्यतै धाने भैगो ।

-टहल आचार्य
२०७८/०५/२५


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...