Thursday 15th October 2026

तिज विशेष गजल -शर्मिला श्रेष्ठ


यसपालीको तिजमा छड्के तिलहरी लगाउँन सकिन बरिलै
अर्को साल तिजमा बुढा! भन्न नपाइ मगाउँन सकिन बरिलै ।

घाटी अनुसार हाड निल्न सक्नुपर्छ नानी! भन्दै फकाउँथिन् आमा
लाखौं पर्छन् तिलहरीका र नि देखासिकी भगाउँन सकिन बरिलै ।

एकछिन झुण्ड्याएर थन्किने हुन् यि लाखौंका गहना दराज भित्र
लगानी गरे बढ्ने पुँजी जानेर नि मन जगाउँन सकिन बरिलै।

दिदीबैनीका देखासिकी गर्दै किन्न गए महंगा बनारसी साडी
आफूले भने सासु ,बुहारीलाई नदिइ लगाउँन सकिन बरिलै।

उकासिन त उकासिन्छन् मन महिला स्वभाव ईर्ष्यालु भित्रैबाट
हाल समय परिस्थिति हेरी मस्तिष्क डगाउँन सकिन बरिलै।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...