Thursday 16th July 2026

कुवेतको विमानस्थल निर्माणाधीनको क्रममा, ज्यान गुमाएका दुबै जनाको सनाखत


तितोपाटी- कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा हिजो बुधवारको दिन बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका दुई नेपालीको सनाखत भएको छ।

उक्त घटनामा परी मृत्यु हुनेमध्ये दुबै जना नेपाली रहेका छन् भने एक जना नेपालीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । रोल्पा घर भएका घाइते सर्वजीत महराको फर्वानिया अस्पतालमा उपचार भईरहेको छ।

ढिस्कोमा परी मृत्यु हुनेमा गोलधाप-१, झापा निवासी यम बहादुर कटुवाल, चकचकी-६, झापा निवासी सुकलाल राजवंशी, साथै सोही घटनामा घाइते भई उपचाररत रही आएका धनमुढा, मिझिंग-८, रोल्पा निवासी सर्वजीत महरा रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

घाइते महरालाई भेट्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रशाद भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेल बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए ।

दूतवासले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा परी दु:खद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।


सम्बन्धित शीर्षकहरु

एर्बिल, इराक। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिल (Erbil) माथि उडिरहेको एक विस्फोटक ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसालेको इराकी सुरक्षा स्रोतलाई…

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

प्रतिकृयाहरू
...