Tuesday 20th October 2026

कुवेतको विमानस्थल निर्माणाधीनको क्रममा, ज्यान गुमाएका दुबै जनाको सनाखत


तितोपाटी- कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा हिजो बुधवारको दिन बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका दुई नेपालीको सनाखत भएको छ।

उक्त घटनामा परी मृत्यु हुनेमध्ये दुबै जना नेपाली रहेका छन् भने एक जना नेपालीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । रोल्पा घर भएका घाइते सर्वजीत महराको फर्वानिया अस्पतालमा उपचार भईरहेको छ।

ढिस्कोमा परी मृत्यु हुनेमा गोलधाप-१, झापा निवासी यम बहादुर कटुवाल, चकचकी-६, झापा निवासी सुकलाल राजवंशी, साथै सोही घटनामा घाइते भई उपचाररत रही आएका धनमुढा, मिझिंग-८, रोल्पा निवासी सर्वजीत महरा रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

घाइते महरालाई भेट्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रशाद भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेल बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए ।

दूतवासले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा परी दु:खद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...